अछाम:अछाममा बस सहचालक लागू औंषध सहित प्रकाउ परेका छन् ।शनिबार बिहान जिल्लाको साँफेबगर नगरपालिका १० घुघुरकोटबाट धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३७९२ नम्बरका बस चालक प्रकाउ परेका हुन।
कैलालीको गोदावरी नगरपालिका १,अत्तरिया बस्ने वर्ष अं.२४ को जय बिकलाई ३० मिलिग्राम खैरो हेरोइन सहित प्रकाउ गरिएको अछाम प्रहरीले जनाएको छ।
उनलाई सोधपुछको क्रममा शंका लागेको र शरीर खानतलासी गर्दा उनले लगाएको जिन्सको हाफ सर्टको दायाँ खल्तीमा कालो प्लाष्टिकभित्र लुकाइछिपाई राखेको अवस्थामा प्रकाउ गरिएको प्रहरीले जनाएको छ।









