Advertisement
SKIP THIS
जनयुद्ध दिवसकै दिन रामारोशन भटकाटियाको टुडिसेन गाउँनै कांग्रेसमा प्रबेश

अछाम:आज फागुन १ तत्कालीन बिद्रोही माओवादीले रोल्पाको होलेरी, चौकीमा आक्रमण गरि जनयुद्ध सुरु गरेको उद्घघोष गरेको थियोे ।अछाममा समेत माओवादीको आधार शिबिर मानिएको रामारोशनमा समेत माओवादी तिरबितर हुँदै गएका छन् ।

अछाम १ मा माओवादीका नेता दिपक साउद एमाले र माओवादीका कटु आलोचक भिम रावल माओवादी घटक सहितको नेपाली कम्युनिस्ट बाट निर्वाचन लडिरहेका छन। माओवादीका नेताहरूले बिचार सिद्धान्त छोडेपछि जनयुद्ध सुरु गरेककै दिन अछामको रामारोशन गाउँपालिका भटकाटियाको टुडिसेन गाउँनै कांग्रेसमा प्रबेश गरेको छ।

भटाकाटियाको टुडिसेन टोलबाट नेपाली कम्युनिस्ट र नेकपा एमाले परित्याग गरि ३६ जना भन्दा बढि नेपाली कांग्रेस प्रबेश गरेका कांग्रेस अछामका युवा नेता पुष्प बिष्टले बताए ।

तपाईको प्रतिक्रिया