Advertisement
SKIP THIS
अगुवा बाख्रापालन कृषकका लागि ३ दिने तालिमको अछाममा उद्घाटन

अछाम:राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यन्वयन ईकाइ मंगलसेन अछामको आयोजनामा द्बाख्रापालन सम्बन्धि ३ दिने जिल्ला स्तरीय अगुवा कृषक तालिमको उद्घाटन गरिएको छ।बुधबार जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले तालिमको उद्घाटन गरे।कार्यक्रम बोल्दै समन्वय प्रमुख कुँवरले किसानहरुलाई बाख्रापालन तर्फ कार्यालयले महत्त्वपूर्ण काम गरिरहेको किसानहरुलाई सहयोग भईरहेको बताए ।अछाम जिल्लामा बाख्रा पालन गरि बिक्री नहुने समस्या नरहेकाले जिल्लालाई मासुमा आत्मनिर्भर बनाई आर्थीक लाभ लिन सकिने बताए ।आम्दानीको भरपर्दो स्रोत समेत बाख्रापालन रहेको कुँवरले बताए।

तालिममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यन्वयन ईकाइ मंगलसेन अछामका कार्यालय प्रमुख बिनाराम बिसिले तालिमले बाख्रापालन किसानहरुलाई बाख्रापालन सम्बन्धी ज्ञान र सीप सिकाईने बताए ।सिकेका तालीमले बाख्रापालन गर्दा आईपर्ने समस्याहरु समाधानमा टेवा पुग्ने बिश्वास लिइएको साथै आपसमा सिकेका कुरा एक आदान प्रदानमा गरिने र बाख्रा र पशुपालन किसानका समस्या अनुभवहरुबारे समेत तालिममा छलफल गरिने बताए ।
तालिममा बाख्रा जोन अन्तर्गतका ढकारी गाउँपालिका,तुर्माखाद गाउँपालिका कमलबजार नगरपालिका ,पञ्चदेवल बिनायक नगरपालिका र मेल्लेख गाउँपालिकाका २० जना बाख्रापालन कृषकको सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया