अछाम : अछाम क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीका जेन्जी अगुवा प्रकाश रावलले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन।
उनले फाल्गुन ६ गते निर्वाचन अधिकृतको कार्यालयमा वारिसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन।जेन्जी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा परिचित बनेका रावलले लामो समयदेखि अछामका ज्वलन्त मुद्दाहरू उठाउँदै निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र युवाको पलायनजस्ता समस्यालाई प्रमुख एजेन्डा बनाउँदै आएका रावल पछिल्लो समय अछामको समग्र परिवर्तनका लागि सक्रिय रूपमा लागिपरेका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म अछामले भोग्दै आएको उपेक्षा अन्त्य गर्न संसद्मा बलियो आवाज आवश्यक भएको बताउँदै रावलले जनताको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।










