अछाम:नेकपा एमालेले अछाम क्षेत्र नं १ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार दिपक साउदलाई उम्मेदवार बनाएको छ।
यश अघि अछाम क्षेत्र नं १मा उम्मेदवारका लागि सिफारिस भएका झपट बोहराले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन।
यसअघि एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरालाई एमालेको उम्मेदवार बनाउने सचिवालयले निर्णय गरेको थियो । साउद माओवादी हुँदै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय सदस्य थिए । अछाम–१ मा आफू एमालेबाट उम्मेदवार भएको उनले बताए । एमालेले सचिवालयबाट टुङ्गाएको उम्मेदवार बोहराकै समर्थनमा आफू एमालेबाट उम्मेदवार बनेको साउदले बताए ।
अघिल्लो निर्वाचनमा एमालेबाट झपट बोहराले टिकट पाएका थिए । यहाँ नेकपा एकीकृत समाजवादी विजयी भएको थियो ।अहिले अछाम १ नेपाली कांग्रेसका भरत कुमार स्वार,नेपाली कम्युनिस्टका भिम रावल र राष्ट्रिय स्वतन्त्र पार्टीका ओम प्रकाश रावल चुनावी प्रतिस्पर्धा मा छन।









