अछाम अछामको बान्नीगढी जयगढ गाउँपालिका गाउँसभाको १५ औँ हिउँदे अधिवेशन आईतबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष एवम् सभाका सभाअध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न अधिवेशनले ४ वटा कार्यविधि र २ वटा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
सभामा गाउँपालिका उपाध्यक्ष विन्दु रावलले शीर्षक संशोधन,एकीकरण तथा रकमान्तर, सभा सदस्य किरण खत्रीले जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा आर्थिक कार्यविधि र सभा सदस्य नेत्र बहादुर साउँदले सयठन तथा व्यावस्थापन सर्वेक्षण प्रतिबेदन २०८२ प्रस्तुत गरेका थिए ।
अधिवेशनले शीर्षक संशोधन,एकीकरण तथा रकमान्तर अन्तर्गत १ करोड ४३ लाख ७९ हजार ४ सय ९६ रुपैयाँ रकमान्तर गरेको छ। साथै गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन, बेरुजु फस्यौट,लेखा समिति गठन तथा बालअधिकार संरक्षणसम्बन्धी कार्यविधि पारित गरिएको छ।
यस्तै शीर्षक संशोधन,एकीकरण तथा रकमान्तर जोखिम न्यूनीकरण तथा व्यवस्थापन तथा आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक पनि सभाबाट अनुमोदन गरिएको गाउँसभाका सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले जानकारी दिए।









