Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका ५ बिन्धेवासीनीले १० जनालाई निःशुल्क ड्राईभीङ्ग तालिम सिकाउदै

अछामःअछामको मेल्लेख गाउँपालिका ५ बिन्धेवासीनीले बेरोजगार युवाहरुलाई १ महिने आवासीय जिप कार ड्राईभीङ्ग तालीम दिन थालेको छ । मालीका शिक्षालय प्रा लीको चौमालाको सहयोगमा माघ ४ गते देखि फाल्गुन ३ गतेसम्म १० जना युवाहरुलाई कार ड्राईभीङ्ग तालिम सञ्चालन हुने वडा अध्यक्ष प्रकाश अधिकारीले बताए ।

सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदेश्यका साथ वडा भित्रका बेरोजगार युवाहरुलाई निःशुल्क रुपमा ड्राईभीङ्ग तालिम दिन थालीएको वडा अध्यक्ष अधिकारीले बताए ।वडा कार्यालयको आर्थीक सहयोगमा उनिहरुलाई कैलालीको पहलमानपुरमा निःशुल्क रुपमा तालीम दिन थालिएको हो ।

तपाईको प्रतिक्रिया