Advertisement
SKIP THIS
साँफेबगरमा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय

अछाम:आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मंगलसेनमा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को साँफेबगरमा कार्यालय स्थापन गरिएको हो।

मंगलसेनमा जिल्ला अदालतमा तथा साँफेबगरमा नगरपालिकाको नयाँ भवनमा कार्यालय स्थापना गरिएको छ।

अछाममा जिल्ला न्यायाधिश रोशनकुमार भट्टराइलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तथा भोलाराज रेग्मीलाई क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले माघ ६  गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया