अछाम:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय मेघराज खड्काले वैद्यनाथ धाम देशकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण तीर्थस्थल भएको बताउनु भएको छ।
बिहिबार वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित मकर संक्रान्ति मेलामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै मन्त्री खड्काले बैधनाथ धार्मिक स्थलको संरक्षण, प्रबर्द्धन र पूर्वाधार विकास मार्फत पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो।
मकर संक्रान्ति मेलाले स्थानीय स्तरमा लोप हुँदै गएका संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण योग्दान गरेको धार्मिक क्षेत्रको प्रसार सँगै बेरोजगार जनसंख्यालाई धार्मिक पर्यटनमा जोड्न सके केही अवस्थामा बेरोजगारी कम हुन सक्ने बताउनु भयो।
प्रदेश सरकारले समेत सिमित स्रोतका चाहे जति बैधनाथ क्षेत्रको बिकास र प्रबर्द्धनमा काम गर्न नसकेको र भ्याए सम्म काम गरिरहेको बैधनाथ क्षेत्रको बिकासका लागि आफू मन्त्री नभई स्थानीयको नाताले सधै लागि पर्ने बताउनु भयो।









