अछाम:अछाम जिल्लामा निर्वाचन प्रहरी भर्नाका लागि दुई दिनको म्याद थप गरिएको छ।
आज बिहिवार अन्तिम दिन भए पनि आवश्यक मात्रामा उम्मेदवारी नपरेकाले दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक मीन बहादुर धामीले बताए ।
उनका अनुसार अछाम जिल्लामा १४ सय ६३ र सशस्त्र १ सय ७९ गरी कुल १६ सय ४२ जना निर्वाचन प्रहरीका लागि दर्खास्त आह्वान गरिएकोमा हिजो सम्म ११ सय ७७ र ५८ सशस्त्र गरि १२ सय २५ जनाको मात्रै दर्खास्त परेको बताए।









