Advertisement
SKIP THIS
अछामको मेल्लेखमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

अछाम:अछाममा मोटरसाइकल दुर्घटनामा परेर एक पुरुषको ज्यान गरेको छ। मेल्लेख गाउँपालिका-७ नन्देगडाको जुम्लाखोला नजिक बुधबार दिउँसो  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नन्देगडा–मेल्लेख सडकखण्डमा सु.प.प्र. ०३–००१ प ०६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक उज्जल बोहराको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। बोहरा मेल्लेख बजारमा व्यवसाय गर्दै आएका थिए। उनको उमेर अन्दाजी ४० वर्ष छ।

दुर्घटनामा परेर घाइते भएका डम्बर साउँदको बयालपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मीन बहादुर धामीले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया