अछाम :अछामको ढकारी गाउँपालिकामा कुल जनसंख्या २१ हजार ९९८ मध्ये १५ हजार ५२५ जना गरिब रहेका छन। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ प्रतिवेदन अनुसार ढकारी गाउँपालिका देशभरिकै गरिब स्थानीय तहमा तेस्रो नम्बरमा रहेको छ।
देश भरीका उच्च गरिब रहेका १० स्थानीय तहमा पहिलो कर्णाली प्रदेशको जाजरकोटको जुनेचादे गाउँवालिका रहेको छ। सो गाउँपालिकामा ७७.८९ प्रतिशत गरिब रहेका छन। कुल जनसंख्या२३ हजार ७ सय ७१ मा १८ हजार ५ सय १५ जनसंख्या गरिब रहेका तथ्यांकमा उल्लेख गरिएको छ।
यस्तै अछामकै कमबजार नगरपालिका पाचौं स्थानमा रहेको छ।नगरपालिकामा गरिबीको दर ६६ दशलव ८ प्रतिशत छ। यो पालिकाको जनसंख्या २१ हजार ३२ मध्ये गरिबको संख्या १४ हजार ४९ जना छन।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार क्षेत्रगत, भौगोलिक र संरचनागत कारणले पहाडी तथा दुर्गम स्थानीय तहहरूमा गरिबीको दर उच्च देखिएको हो। प्रतिवेदनले गरिबी न्यूनीकरणका लागि लक्षित कार्यक्रम, रोजगारी सिर्जना, आधारभूत सेवा विस्तार र स्थानीय उत्पादन प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।









