अछाम:चौरपाटी गाउँपालिका अछामको द्रोस्रो गाउँ सभाको आठौं अधिबेशन शनिबार सम्पन्न भएको छ।
सभाले आर्थिक बर्ष २०८२/०८३ को बिनियोजन बिध्येक,अर्थ सम्बन्धि कार्यनयन गर्न बनेको आर्थिक बिधेयक २०८३ पारित गरेको छ।
यस्तै ऐन कार्यबिधि संशोधन तथा स्वीकृत, बजेट तथा कार्यक्रम समिक्षा, गत आर्थिक बर्षको योजना तथा कार्यक्रमको दायित्व, गत आर्थिक बर्षको योजना तथा कार्यक्रम भुक्तानी गर्ने, आयोजना तथा कार्यक्रम संशोधन गर्ने,लेखा समितिबाट छलफल भई आएको अनियमित बेरुजु फर्छयौट गर्ने,अधुरा योजना अपुग रकम माग गर्ने र बैधनाथ नमुना माध्यमिक बिधालय रकम माग गर्ने कार्यबिधि र ऐेनहरु संसोधन गरिएका छन।









