अछाम:अछामबाट बालिकालाई अपहरण गरेको अभियोगमा श्रीमान श्रीमती प्रकाउ परेका छन।पौष १७ गते जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाकी एक बालिकालाई अपहरण गरेको भन्दै साँफेबगर ८ बयालपाटा ८ बस्ने ४० बर्षिय झरना साउद र रामारोशन गाउँपालिका ७ सुतार स्थाई ठेगाना भई कैलाली बस्ने सन्तोष अयडि प्रकाउ परेका हुन ।
झरनालाई पौष १८ गते डोटीको दिपायल पिपल्लाबाट प्रकाउ गरिएको र अपहरणमा संलग्न भएको भन्दै उनका श्रीमानलाई २० गते कैलालीको बर्दगोरीया गाउँपालिका ४ स्थित मुढा बजारबाट प्रकाउ गरिएको अछाम प्रहरीले जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले बालिकालाई कैलालीको घोडाघोडी नगरपालिका ६ बछरियाबाट सकुशल उद्वार गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी केशव बहादुर खड्काले बताए ।
प्रकाउ परेकी झरनालाई अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरि जिल्ला अदालत अछामबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान भईरहेको र निजका श्रीमानलाई कैलालीबाट अछाम ल्याईदै गरेको सूचना अधिकारी खड्काले बताए ।प्रारम्भिक अनुसन्धानबाट निज बालिकालाई ललाई फकाई लिई जबर्जस्ती बिवाह गर्ने उदेश्यले अपहरण गरिएको बुझिएको छ।









