Advertisement
SKIP THIS
अछाममा मुडा ताप्दै गरेका एकको आगोमा जलेर मृत्यु

अछाम:अछाममा मुडा ताप्दै गरेमा एकको आगोमा जलेर मृत्यु भएको छ।पौष १८ गते अन्दाजी ८:५० बजे तिर तुर्माखाँद गाउँपालिका ३ थालपाटा स्थित वसुन्धरा माध्यमिक बिधालयबाट अन्दाजी ८सय मिटर टाढा निर्माण भइरहेको मैदानमा मुडा बाली आगो तापिरहेको अवस्थामा आगोमा पर्न सोही ठाउँका ४८ बर्षिय लिलाराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भईरहेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरिक्षक सरोज कुमार कैलासहितको टोली खटिएको अछाम प्रहरीले जनाएको छ।घटना स्थलमा आवश्यक प्रक्रिया पूरा गरि शव अटोप्सीको लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया