अछाम:लामो समयदेखि तत्कालिन नेकपा-माओबादीको जनबर्गिय संगठन वाईसीएल अछामका पुर्ब अध्यक्ष रामारोशनन गाउँपालिका ७ घर भएका चन्द्र भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन।
तत्कालीन जनयुद्दको सहिद परिवारको सदस्य रहेका भण्डारीले सहिद हरुका सपना माथी होलि खेल्नेहरु,सहिदहरुका सपनामा कुठाराघात गर्नेहरु काठमाडौ,धनगढी मा सोख,सयल गर्ने ,समाजले नाङ्गो आखाले पहिचान गरिसकेका भ्रष्टहरुको सङ्गको आत्मिय सङ्गत अनि सहिद परिवारलाई भोट ब्याङ्कको रुपमा मात्र प्रयोग गर्नेहरुका कारण आफुले रास्वपाको सदस्यता लिएको बताए ।











