Advertisement
SKIP THIS
निर्वाचनको पुर्व सन्ध्यामा सुरक्षा निकाय र पत्रकार बिच समन्वय बैठक

अछाम :आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा अछाम जिल्लामा क्रियाशिल संचारकर्मी र जिल्ला सुरक्षा समितिका पदाधिकारीवीच समन्वय बैठककाे आयाेजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा आसन्न निर्वाचनलाई सफल पार्न र निर्वाचनमा हुन सक्ने घटना पहिचान न्युनिकरण तथा शान्ति, सुरक्षा, सूचनाको आदानप्रदान तथा अमनचयन कायम गर्ने बिषयमा बैठककाे आयाेजना गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए ।

समन्वय बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुख र पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया