Advertisement
SKIP THIS
अछाम क्षेत्र नं १ बाट आगामी निर्वाचनका लागि कांग्रेसका यी नेताहरुले गरे नाम दर्ता

अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभाका लागी आकांक्षीहरुको नामावली संकलन गरेको छ ।

मंगलबार साँफेबगरमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले आकांक्षी सबैको नामावली संकलन गरेको क्षेत्र नं. १ का क्षेत्रीय सभापति कृष्णबहादुर बुढाले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फ ८, समानुपातिक तर्फ ९ र राष्ट्रिय सभाका लागि २ जना आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको हो ।

अछाम क्षेत्र नं.१ बाट प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति भरतकुमार स्वाँर,गोबिन्द बहादुर शाह, राजन कुँवर,भक्त बहादुर ठकुल्ला,राजेन्द्र शाह,भगवति खनाल,टिकाराम खनाल,डम्बर बहादुर सुनारले नाम दर्ता गराएका क्षेत्रीय सभापति बुढाले जानकारी दिए । त्यस्तै समानुपातिक तर्फ अर्जुन ताम्राकार,टक्कर ताम्राकार,अनुराधा कुमारी स्वाँर,रुपा आउजी,नवराज साउद,भुवनेश्वरी शर्मा,लक्ष्मी कुमारी शाही ,टक्कर कडायत र धर्मराज न्यौपाने रहेका छन् । राष्ट्रिय सभाका लागि हर्कबहादुर स्वाँर र नयन सिंह कडायतले नाम दर्ता गराएका छन् ।

क्षेत्रीय कार्यसमितिले संकलन गरेका आकांक्षीका नामावली मंसिर २५ गते बस्ने जिल्ला कार्यसमितिको बैठकमा पेश गर्ने क्षेत्रीय सभापति बुढाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया