अछाम:अछामको तुर्माखाँद करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सोमबार तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थान आमि चिउराखाँदमा बिजुलीको मेन लाइनमा करेन्ट लागेर स्थानीय ३० बर्षिय कटक बहादुर बिसीको घटनास्थलमै मृत्यु भएको स्थानीय कमल बुढाले बताए ।
मध्याह्न १२ बजेतिर बिजुली जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।










