अछाम:युवाहरूद्वारा अछामको बयालपाटा बजार सरसफाइ गरिएको छ।आफ्नो ठाउँ आफै सफा राख्नु पर्छ भन्दै युवाहरूले शनिबार बिहान बजार सरसफाइ गरेका हुन। बयालपाटा बजार सरसफाइ नहुदाँ दुर्घन्धित भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएका थिए ।
बजार सरसफाइ राख्ने र बजारका नागरिकहरुलाई जिम्मेवारी बनाउने बयालपाटा बजार ब्यावस्थापन समितिले बेवास्ताका कारण सुक्दै गएको अछामको पुरानो सदरमुकाम बयालपाटा बजार फोहोरले दुर्घन्धित बन्दै गएको थियोे ।दशै तिहारमा घर आएका र बजारमै रहेका केही युवाहरुको समुहले बजारलाई सरसफाइ गरेको हो।










