अछाम :अछामबाट धनगढीतर्फ जाँदै गरेको बिधुतिय गाडी डोटीको जोरायल गाउँपालपका १ को गोल्डेलमा दुर्घटना भएको छ।शनिबार बिहान ०१००१ ख ३९५६ नम्बरको इभी गाडि दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ भने मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा पर्नेहरुमा १७ जना सबै एकै टोलका रहेका छन् ।उनिहरु सबै मंगलसेन नगरपालिका ९ ओलिगाउँ टोलका हुन। उनीहरु अधिकांस दशै मनाएर भारत जाँदै गरेका थिए ।घाइते हुनेमा मंगलसेन नगरपालिका ९ का १८ बर्षिय लोकेन्द्र रावलको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका ४२ बर्षिय मेघ्या ढोलीको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम,सोहि ठाउँका कृष्ण बि.कका छोरा बर्ष १६ बर्षिय एकेन्द्र बि.क. शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर, जनक परियारकि श्रीमती ३५ बर्षिय मोतिकला परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर,जनक परियारका ११ बर्षिय छोरा बिराज परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर, ५३ बर्षिय भिम बहादुर ढोलीको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर,११ बर्षिय शृष्टी परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको डोटि प्रहरीले जनाएको छ।
यस्तै सोही ठाउँकै ५ बर्षिय आहाना परियारको शरिरमा चोट अवस्था सामान्य, ५ बर्षिय एलिसा परियारको शरिरमा चोट अवस्था सामान्य, ५० बर्षिय पदमा परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम,५ बर्षिय रिया परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम,बर्ष १९ बर्षका बिनोद परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर,२३ बर्षका रबि परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम,३७ बर्षका नृप ढोलीको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम, ३८ बर्षका देवराज भाटको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ,३० बर्षकि मनसरी परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर र बान्निगढी जयगढ गाउँपालिका वडा नं. १ कि ५० बर्षक, इन्द्रसरा परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको डोटि प्रहरीले जनाएको छ।
यस्तै चालक कैलाली धनगढी उपमहानगर पालिका १२ B गाँउ बस्ने ३८ बर्षिय देब बहादुर थापाको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको छ।










