Advertisement
SKIP THIS
अछामको चौरपाटीमा जीप दुर्घटना

अछाम:अछामको चौरपाटीमा जीप दुर्घटना भएको छ।गए राति १०:४५ बजे जिल्लाको चौरपाटी गाउपालिमा ६, झुलेठानास्थित चौखुट्टे-सिउँडी कच्ची सडकमा सोकटबाट चौखुट्टेतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो।

चौरपाटी गाउँपालिका ३ डुंग्रीका मानबहादुर साउदले चलाएको सु.प.प्र ०१-००१ च.३७८८ नं.को जीप अनियन्त्रित भई सडकबाट अन्दाजि ३०० मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ।

जीपमा सवार चौरपाटी गाउपालिमा ३ का २७ बर्षिय देवबहादुर भुल र सोही ठाउँमा २१ बर्षिय लक्ष्मण भुल घाइते भएका उनिहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया