अछाम:अछाममा कर्णाली नदीमा नुहाउने क्रममा एक किशोरी बेपत्ता भएकि छन् ।
बिहिवार जिल्लाको तुर्माखाद गाउँपालिका–१ कोटबाणाकी १६ बर्षिया कल्पना शाही आज नुहाउनेक्रममा बेपत्ता भएकि हुन् ।
बिहान गोठालो गएकी शाही दिउसो घाटखेत स्थित कर्णाली नदिमा नुहाउने क्रममा बेपत्ता भएकी अछाम प्रहरीले जनाएको छ। प्रहरी चौकी रहफ , इलाका प्रहरी कार्यालय कमलवजारको प्रहरी टोली र स्थानियले उनको खोजी गरिरहेका छन् ।









