Advertisement
SKIP THIS
आस्था नेपाल र वाक नेपालको साँझेदारीमा सञ्चालित विभिन्न परियोजनाको अनुगमन

अछाम:आस्था नेपाल र वाक नेपालको साँझेदारीमा सञ्चालित विभिन्न परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिले अनुगमन गरिएको छ। सोमबार जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर,साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर,उप प्रमुख शिब बहादुर कुँवर लगायतको टोलीले मेल्लेख गाउँपालिका ८ हात्तीकोट र साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा अनुगमन गरेका छन।

वल्ड भिजन इन्टरनेश्नल नेपालको साँझेदारीमा आस्था नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना तथा वाक नेपाल द्वारा सञ्चालित एकीकृत उत्थानशील जिविकोपार्जन तथा पोषण परियोजनाको अनुगमन गरिएको हो।

परियोजनाले सञ्चालन गरेका आर.सी बालबालिका तिनका परिवार र अति जोखिममा रहेका परिवारलाई लक्षित गरि सञ्चालन भएका रूपान्तरण कक्षा,मेल्लेख गाउँपालिका ८ हात्तीकोट सृजना तरकारी उत्पादन समुहले उत्पादन गर्दै आएका तरकारी सोही ठाउँमा निम्न आए भएकि सनिता साउदले सञ्चालन गरिरहेको खुद्रा पसलको अनुगमन गरिएको थियोे ।

यस्ता वडा बाट सञ्चालित रुपान्तरण कक्षाका सहभागी र दर्ता बालबालिकासँग र बाल अधिकार समिति सकारात्मक अभिभावक सँग छलफल गरिएको थियोे ।साँझेदारीमा सञ्चालित कार्यक्रमहरु समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको र बिगतमा आफूलाई मात्रै खानलाई तरकारी लगाउने हात्तीकोट र मष्टामाण्डौका महिला कृषिहरु अहिले ब्यावसायीक रुपमा तरकारी खेति तर्फ लागेका साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए ।

तपाईको प्रतिक्रिया