Advertisement
SKIP THIS
साँफेबगर १२ खप्तडले शिविर मार्फत आफ्ना सेवा अत्तरियाबाट दिने

अछाम:अछामको साँफेबगर नगरपालिका १२ खप्तडले कैलालीको अत्तरियामा शिविरबाट आफ्ना सेवा दिने भएको छ। पहाडबाट अस्थायी रुपमा तराइँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर वडाको टोलीले सेवा दिने वडाले जनाएको छ।

वडाबाट सेवा लिने व्यक्तिहरु विभिन्न कारणले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएकोमा उनीहरुलाई लक्षित गरेको यो कार्यको सुरु गर्न लागिएको वडा अध्यक्ष जनक कडायतले बताए।आउदो भदौ ४, ५ र ६ गते तीन दिनसम्म सञ्चालन गरिने सो अवधिभर वडा कार्यालय मार्फत प्रदान गरिने सेवाहरु जन्म, मृत्यु, नाता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिनेछ ।

धेरै नागरिक रोजगार, पढाई र व्यापारका सिलसिलामा शहरमै बस्न बाध्य भएको अवस्थामा सामान्य कार्यका लागि गाउँ जानु पर्ने बाध्यता हटाउन यो पहल गरिएको वडा अध्यक्ष जनक बहादुर कडायतले बताए ।“अस्थायी रुपमा बसोवास गर्ने र औषधि उपचारका लागि तथा अन्य कारणले छिमेकी मुलुक भारतमा भएका लाभग्राही वडा कार्यालयसम्म पुग्न नसक्ने अति असक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधीको स्वयं उपस्थितमा कैलालीको अत्तरियाबाट सेवा प्रवाह गर्ने वडध्यक्ष कडायतले बताए ।

कडायतका अनुसार सेवा ग्राहीलाई सामाजिक सुरक्षा परिचय पत्र सक्कलै प्रति, राष्ट्रिय परिचय पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, ६० वर्ष मुनिका एकल महिलाको हकमा अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, बालवालिका, पूर्ण अपाङ्गता भएका र ९० वर्ष माथिका जेष्ठ नागरिकको हकमा संरक्षक/माथवर/स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी साथमा लिएर आउन आग्रह गरिएको छ ।

उक्त तीन दिनमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले राष्ट्रिय परिचय पत्र बनाउँदा भरेको फारमका आधारमा त्यो व्यक्ति हो वा होईन भनेर बायोमेट्रिक प्रविधिबाट चेकजाँच गरिने वडा सचिव सुर्य बहादुर थापाले बताए । सचिव थापका अनुसार “सामाजिक सुरक्षा भत्ता परिचय पत्र नीवरणसँगै विभिन्न कारणले कैलाली, कञ्चनपुर र आसपाकसका नागरिकहरु सेवा लिन आएमा वडाबाट प्रवाह गरिने छ।

यो सेवाका लागि तीन दिनसम्म कैलालीको गोदावरी स्थित पार्टनर प्लेस राजधानी रिसोर्ट सुदुरपश्चिम गोदावरी २ तेघरी कैलालीका सञ्चालक भक्त बहादुर ठकुल्लाले निःशुल्क ठाउँ (होटलको कोठा) उपलब्ध गराएका छन।

तपाईको प्रतिक्रिया