निराकरण खबर अछाम: निर्माण ब्यावसायी तपेन्द्र खड्काले आफ्नो छोराको जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेका छन् ।
खड्काले शुक्रबार आफ्नो छोरा वारिस खड्काको जन्मदिनमा बयालपाटा अस्पतालमा उपचारथका लागि भर्ना भएका ३६ जना बिरामीहरुलाई फलफूल बितरण गरेका हुन।
जन्मदिनमा फजुल खर्च गर्न भन्दा थोरै भएपछि सामाजिक कार्यमा खर्च गर्ने छोराकै चाहनामा बिरामीहरुलाई फलफुल बितरण गरिएको खड्काले बताए ।










