बाजुरा:बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताएका छन् ।
बडिमालिका मन्दिरबाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनि ७ सय मिटर तल खोचमा खसेका छन् । प्रहरीले खोचबाट शव निकाल्ने लागेको जनाएको छ ।
विप्लब ओझा हाल गोकर्णश्वर ५ काठामाडौ बस्ने गरेका छन् । उनि गएराति नै बडिमालिकाबाट फर्केको हुन सक्ने प्रहरीले जनाएको छ । राति हिडेका कारणले भिरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहान साढे ८ बजे मात्र उनि लडेर मृत्यु भएको प्रहरीले जानकारी गरेको छ ।










