Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका ५ विन्धेवासिनीले राष्ट्रिय परिचयपत्र बनाउन मंगलसेन लिदै

निराकरण खबर अछाम :अछामको मेल्लेख गाउँपालिका ५ विन्धेवासिनीले जेष्ठ नागरिक, एकल महिला र ख वर्ग अपाङ्गता भएका व्याक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन मंगलसेन लिने गरेको छ।

मेल्लेख गाउँपालिका ५ नं. वडा विन्धेवासिनीमा हाल सम्म राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका जेष्ठ नागरिक, एकल महिला र ख वर्ग अपाङ्गता भएका व्याक्तिहरुले वडा कार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष प्रकाश अधिकारीले बताए ।यश अघि समेत वडाका सामाजिक सुरक्षा भत्ता पाउने ६० जना नागरिकहरुको नि:शुल्क रुपमा गाडीमा मंगलसेन लिएर राष्ट्रिय परिचयपत्र बनाई सकिएको अध्यक्ष अधिकारीले बताए ।

अझै पनि राष्ट्रिय परिचय पत्र बनाउन बाकि रहेका भन्ने सुनिएकोले नबनाएका नागरिकले चाडो सम्पर्क गर्न आग्रह गरे। मेल्लेख गाउँपालिका ५ विन्धेवासिनीबाट सदरमुकाम मंगलसेन जान मात्रै गाडीमा ४ घण्टा लाग्ने भाडा मात्रै एकतर्फि ६ सय लाग्ने गरेको वडा अध्यक्ष अधिकारीले बताए । उनले भने राष्ट्रिय बनाउनेकै लागि गाडी भाडा मात्रै १२ सय लाग्छ नागरिक सास्ती पाउछन् अहिले राष्ट्रिय परिचय पत्रका लागि नागरिकता समेत नयाँ चाहिन्छ जेष्ठनागरिकका पुराना छन त्यै भएर जिल्ला प्रशासन कार्यालय म आफै गएर आवश्यकता परेका हुनेका सिफारिस बनाउछु ।

सामाजिक सुरक्षा भत्ता नबिकरण गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम क्षेत्रका नागरिकहरुले सास्ति खेप्नु परेको छ।

तपाईको प्रतिक्रिया