अछाम:न्याय हेल्थ नेपालद्वारा संचालित अछामको बयालपाटा अस्पतालका कर्मचारीहरुले आपतकालीन बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन् ।
उनिहरुले न्याय हेल्थ नेपाल अस्पतालबाट हात झिकेपछि
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले भाद्र १ गतेदेखि सञ्चालन गर्ने तर आफुहरुले काम गरे अवधिभरको “सेवा समाप्ति लाभ”( Severance Benefits) पाउनुपर्ने सो रकम न्याय हेल्थले दिनुपर्ने भन्दै कर्मचारी आन्दोलित बनेका हुन ।
न्याय हेल्थ नेपालद्वारा नियुक्त भएका सबै कर्मचारीहरुको सेवा अवधि श्रावण ३१ गते सम्म मात्र भएकोले सेवा समाप्ति पश्चात श्रम ऐन २०७४ को धारा १४५ र न्याय हेल्थ नेपालको HR Policy को बुदा नं. ६४ बमोजिम नियमानुसार पाउनुपर्ने Severance Package सम्बन्धमा कर्मचारीहरुको तर्फबाट तिन पटक सम्म ठोस निर्णयका लागि बोर्ड समक्ष लिखित अनुरोध गर्दापनि कुनै सुनुवाइ नभएकोले सेवा प्रवाह रोक्नु परेको बिज्ञप्ति मार्फत उल्लेख गरेका छन।










