अछाम:नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसर नेपाल विधुत प्राधिकरण अछाम वितरण केन्द्र साँफेबगरले वृक्षारोपण गरेको छ।
बिहिबार ४० औं वार्षिकोत्सवको अवसरमा कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू वृक्षारोपण गरेको हो।
वृक्षारोपण कार्यले वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्याउने भएकाले बृक्षारोपण गरिएको अछाम कन्द्रेका प्रमुख हिक्मत बहादुर विसिले बताए । बृक्षारोपणमा सहभागीहरूले वृक्षारोपणसँगै वन संरक्षण तथा संवर्धनमा सहयोग पुर्याउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।









