Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ७ रिडिकोटको अर्को परोपकारी काम,एचआईभी सक्रमितलाई आर्थिक सहयोग

अछाम:साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटले परोपकारी काम गर्दै आएको छ।बुधबार एक कार्यक्रमको बिच वडा कार्यालयको बजेटबाट वडामा रहेका ४ जना एचआईभी संक्रमित परिवारलाई २५ हजार सहयोग गरिएको छ।

यस्तै वडामा रहेका ९ जना महिला स्वास्थ्य स्वयम् सेविका र ९ जना आमा समूहका अध्यक्षहरुलाई खाजा तथा यातायात खर्च वाफत ५० हजार बितरण गरिएको छ। साथै उत्कृष्ट कार्य गर्ने १ जना महिला स्वास्थ्य स्वयम् सेविका र १ जना उत्कृष्ट कार्य गर्ने आमा समूहका अध्यक्षलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ।

संक्रमित परिवारलाई थोरै भएपनि जिविकोपार्जन गर्न सहज होस भनेर सहयोग गरिएको वडा अध्यक्ष हिक्मत कडायतले बताए ।यस्तै महिला स्वयम् सेविकाहरुलाई समेत प्रोत्साहन स्वरुप सहयोग गरिएको अध्यक्ष कडायतले बताए ।

यश अघि साउन १२ गते एसईई परीक्षामा उत्कृष्ट बिधार्थी सहित अन्य जेहन्दार बिधार्थीलाई आर्थिक सहयोग,शैक्षिक सामाग्री बितरण र अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको थियोे ।

तपाईको प्रतिक्रिया