Advertisement
SKIP THIS
अछाम सदरमुकाम मंगलसेनमा दिउँसै खुकुरी प्रहार,२ जना प्रकाउ ७ फरार

अछाम:अछामको सदरमुकाम मंगलसेनमा रहेको एक होटलमा एक जना माथि खुकुरी,मुक्का, लात्ता, धारीलो हतियार नक र फलामको रड प्रहार गरिएको छ।असार २२ गते दिउँसो साढे २ बजेतिर मंगलसेन बजार रहेको सनसाईन प्लाजा होटलमा तुर्माखाद गाउँपालिका ३ भैरबस्थान गाउँका ३१ बर्षिय कर्ण बहादुर बुढामा माथि आक्रमण भएको हो।

घटना असार २२ गते घटेपनि पिडितले असार ३० गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी र प्रहरीले असार ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि प्रेस बिज्ञप्ति जारी गर्दै घटना सार्वजनिक गरेको हो।

घटनामा संलग्न भएको भन्दै झंकर भाट र मदन बिष्टलाई प्रहरीले प्रकाउ गरि जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि अनुसन्धान र घटनामा संलग्न अन्य फरार रहेका ७ जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ।

घटनाको विवरण यस्तो छ

असार २२ गते दिउँसो साढे २ बजे एक्कासी बादबिवाद गरी कर्णबुढालाई हात, मुक्का, लात्ता, धारीलो हतियार नक, खुकुरी र फलामको रड प्रहार गरी निजको अनुहारको भाग चिउडोको भाग तथा शरीरको अन्य भागहरूमा गम्भिर चोटपटक लागेको, तल पट्टीको २ (दुई) वटा दाँत भाँचिएकोले प्रहरीले जनाएको छ। घटनामा संलग्न मंगलसेन नगरपालिका ५ का झंकर भाट, ३५ बर्षिय बल भाट, २६ बर्षिय कमल भाट, ३२ बर्षिय मदन बिष्ट,वडा नम्बर ४ बस्ने २७ बर्षिय बिष्णे कठायत र अन्य नाम थाहा नभएका ४ जना गरी ९ जनाले घेरी खुकुरी,मुक्का, लात्ता, धारीलो हतियार नक र फलामको रड प्रहार गरेका बिज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनामा संलग्न भएको भन्दै प्रकाउ परेका झंकर भाट मंगलसेन नगरपालिका ५ का अध्यक्ष समेत हुन।यस्तै घाइते भएका बुढा अनेरास्ववियुका केन्दिय सदस्य हुन।

तपाईको प्रतिक्रिया