Advertisement
SKIP THIS
अछामका ३ किसानलाई “भिमदत्त उत्कृष्ट कृषक पुरस्कार” प्रदान

निराकरण खबर अछाम:अछाममा जिल्लाका ३ जना उत्कृष्ट किसानलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। आईतवार सुदूरपश्चिम प्रदेश भूमि कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र अछामको बार्षिक कार्यक्रम ३ जना किसानलाई नगद प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको छ।

मंगलसेन नगरपालिका ९ का थिर बहादुर रावल,तुर्माखाद गाउँपालिका ८ का धुर्बराज धमाला र पञ्चदेवल बिनायक नगरपालिका ७ का तुल बहादुर साउदलाई कृषि बिकासको क्षेत्रमा योगदान पुर्याएको भन्दै भिमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रम प्रमुख अथिति जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले अछाम जिल्लामा बर्सेनि खेति योग्य जमिन बाझो हुदै गएकोले तिनै तहका सरकारले ठोस कदम चाल्नु पर्ने बताए । कृषि क्षेत्रमा भबिस्य छ भनेर सरकारहरुले किसानहरुलाई आकृषित गर्ने खालका कार्यक्रमहरु बनाउनुपर्ने बताए । सरकारको लगानी एकातिर कार्यक्रम अर्को तिर रहेको बताउदै किसान मुखि कार्यक्रमहरु बन्नु पर्नेमा जोड दिए।

बिगतमा अछाम जिल्ला नभएको अवस्था हालको अछाम जिल्लाले डोटि राज्य र दैलेखलाई खाद्यान्न पुर्याउने तर अहिलेको अवस्थाका दैनिक अछाम जिल्लामा १० ट्रक चामल आयात गर्नु पर्ने अवस्था रहेको बताए ।

यस्तै कार्यक्रम बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बोहराले स्थानीय स्तरमा किसानलाई आक्रषित गर्न नसकिएको बताए । स्थानीय तहले काम गरिरहेपनि अब सोचनिय बिषय भएको बताए । एकातिर राज्यले कृषिमा लगानी बढाउदै गरेको अर्काेतिर किसान र खेतीयोग्य जमिन बाझो हुदै गएकोले अब मध्यमार्गी बाटो अपनाउनु पर्ने बताए ।

कृषि ज्ञान केन्द्र अछामका प्रमुख जनक बोहराले नेपालको प्रमुख खाद्यान बालि धान रहेको हाम्रो धार्मिक कार्य जन्म देखि मृत्यु सम्म यसको प्रयोग रहेकोले धानको उत्पादन र उत्पादकत्वमा बृदि गर्नलाई सरकारले निरन्तर काम गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया