Advertisement
SKIP THIS
रामारोशन गाउँपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने दलित समुदायका छात्रछात्रालाई छात्रवृत्ति दिने

अछाम :अछामको रामारोशन गाउँपालिकाले आफ्नो पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरि १० कक्षा (SEE) को परिक्षामा उत्कृष्ट अङ्क ल्याउने दलित समुदायका एक जना छात्र र एक जना छात्रालाई प्रत्येक वर्ष प्राविधिक शिक्षा कक्षा ११ र १२ मा विज्ञान विषय समेत अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले आर्थिक बर्ष २्०८२/०८३ को बजेटमा बाट लागू हुने गरि प्रत्येक वर्ष छात्रवृत्ति उपलब्ध गराउने गरि रामारोशन गाउँपालिकाको दलित समुदायका छात्र–छात्रालाई प्राविधिक शिक्षा छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८२ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया