Advertisement
SKIP THIS
अछाममा सबैभन्दा पहिला ल्यायो रामारोशन गाउँपालिकाले बजेट

अछाम :अछामका जिल्ला १० स्थानीय सरकारमा रामारोशन रामारोशन गाउँपालिकोले सबैभन्दा अगाडि आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट ल्याएको छ ।गाउँपालिकाले आगामी वर्षका लागि ५४ करोड ३६ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । शनिबार बसेको गाउँसभामा उपाध्यक्ष सृजना बुढाद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को लागि अनुमानित आयव्यय ल्याएको छ । 

आउँदो आर्थिक वर्षमा खर्चका २१ शीर्षकमा उक्त रकम खर्च गर्नेगरी बजेट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए। सबैभन्दा बढी संघीय ससर्तको २४ करोड २९ लाख, सुशासन तथा संस्थागत विकासमा १० करोड ७८ लाख रकम विनियोजन गरिएको छ । यस्तै शिक्षामा चार करोड ३० लाख, संघीय विशेष अनुदानमा एक करोड ६५ लाख, स्वास्थ्यमा एक करोड ६० लाख, वडामा एक करोड सात लाख, संघीय समपुरक अनुदानमा एक करोड ४० लाख, प्रदेश समपुरक अनुदान एकरोड २२ लाख रकम रहेको छ ।

आर्थिक विकासमा ३० लाख ५० हजार, वन तथा वातावरण व्यवस्थापन र महिला बालबालिकामा २०/२० लाख, अध्यक्ष तथा उपाध्यक्ष लक्षित कार्यक्रममा ४० लाख रकम रहेको छ । यस्तै न्यायिक समितिमा पाँच लाख, पञ्जिकरण दुई लाख ५० हजार, जग्गा प्राप्तिमा १५ लाख, दुई वडाका कार्यालय भवन निर्माण ६० लाख, स्वास्थ्य चौकी भवन निर्माण ६० लाख, भटाकाटिया स्वास्थ्य चौकी निर्माणमा ३० लाख, प्रदेश सशर्त अनुदान ९० लाख, प्रदेश विशेष अनुदान ६० लाख व्ययको अनुमान गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि र भौतिक निर्माणसँगै रामारोशनको पर्यटनको विकासमा बजेट बढी केन्द्रित भएको अधिकृत भण्डारीको भनाई छ । बजेट गाउँसभाले पारित गरिसकेकोले एक हप्तामै बजेट पुस्तिका प्रकाशन गर्ने तयारी रहेको छ।
हरेक स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया