डाेटी:डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन।आज दिउसो १:३० बजेतिर दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप आदर्श गाउँपालिका वडा नं १ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिप मोडमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुई जनाको घटना स्थलमै मृत्यू भएको छ भने ६ जना घाइते भएका छन । घाईतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भैरहेको छ भने दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।