Advertisement
SKIP THIS
सिमान्तकृत समुदायको पोषणमा सुधार गर्न ” समुन्नत पोषण परियोजना” लागू

अछाम:चौरपाटी गाउँपालिकामा समुन्नत पोषण परियोजना लागू हुने भएको छ।गरिब, विपन्न तथा सिमान्तकृत समुदायको पोषणमा सुधार ल्याउने उद्देश्यले चौरपाटीसहित अछामका पाँच वटा पालिकामा समुन्नत पोषण परियोजना लागू हुने भएको हो।परियोजनाको सोमबार चौरपाटी गाउँपालिकास्तरिय परिचयात्मक बैठक आयोजना गरिएको छ।

बैठकमा परियोजनाका जिल्ला संयोजक कविता सुवेदीले तीन वर्षसम्म संचालन हुने परियोजना अन्तर्गत संचालन हुने विभिन्न गतिविधिहरु बारे जानकारी दिनुभयो। परियजनाअन्तर्गत चौरपाटी गाउँपालिकामा तीन वर्षको कुल बजेट १६ लाख ८३ हजार ३ सय ५० रुपैया छ।

कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले
चौरपाटी गाउँपालिकामा पोषणको अवस्था नाजुक रहेकाले यस्ता कार्यक्रमहरुले पोषणमा सुधार ल्याउन मद्दत पुग्ने बताए ।पालिकलाई नै पोषणमैत्री पालिका घोषणा गर्ने लक्ष्यकासाथ काम भइरहेको भन्दै अध्यक्ष साउँदले पालिकाले आगामी वर्षको बजेटमा पोषणलाई पनि प्राथमिकतामा राखिने बताउनु भयो।पोषणमा सुधार ल्याउन महिनावारी विभेद तथा बालविवाहको अन्त्य गर्न जरुरी रहेको बताए । कार्यक्रममा पालिकाका उाध्यक्ष सरदेवि खड्काले पनि परियोजनाले पोषणको अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित समुन्नत पोषणको लागि समावेशी सुशासन परियोजना लीवर्को नेतृत्वमा सञ्चालित छ। परियोजनामा डब्लुएचएचको प्राविधिक सहयोग छ। बाट प्राविधिक सहयोग छ।
परियोजना अछामका साँफेबर नगरपालिका, मेल्लेख गाउँपालिका,बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकामा संचालित छ।
वाक नेपालका महासचिव शुशिला बोगटीले स्वागत गर्नु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादु थापा, वडा नं ३ का वडाअध्यक्ष वीरबहादुर साउँद, पत्रकार शिवराज खत्री लगायतले सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया