Advertisement
SKIP THIS
अछाम जिल्लालाई असार १५ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने निर्णय

अछाम:अछाम जिल्लालाई असार १५ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने निर्णय गरिएको छ।

बिहिवार स्वास्थ कार्यालय अछामको आयोजना जिल्ला समन्वय समिति अछाम एवम् जिल्ला खोप समन्वय समिति संयोजक ललित बहादुर कुँवरको अध्यक्ष्ातामा बसेको बैठकले असार १५ गतेभित्र अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने निर्णय गरेको हो।

जिल्लालाई घोषणा गर्नुभन्दा पहिले असार १० गतेभित्र सबै १० पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता गरिसक्ने साथै जिल्ला स्तरीय खोप सुनिश्चितता समितिबाट सबै पालिकालाई एकमुष्ठ जिल्ला घोषणाको दिन प्रमाणपत्र दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया