जेठ:अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासनी स्थित मेल्लेख स्वास्थ्य चाैकीमा संचालन भएको दुई दिने निशुल्क आँखाकाे शल्यक्रिया शिविर साेमबार सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिकाकाे आयोजना वडा नम्बर ५ बिन्धेबासिनी काे व्यवस्थापन तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालकाे आर्थिक सहयोग ,धनगढी नेत्रालय प्रालि र श्री कृष्ण आँखा अस्पताल प्रालिको सयुक्त प्राविधिक सहयोगमा निशुल्क आँखाको शल्यक्रिया शिविर संचालन गरिएको हाे ।
जेठ ६ गते देखि १३ गते सम्म मेल्लेखका प्रत्येक वडामा पुगि निशुल्क आखा चेकजाँच तथा आँखासम्बन्धी समस्या भएका सेवाग्राहीहरूलाई परीक्षण, उपचार र आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो । वडामा संचालित शिविरमा १४ सय ४९ जनाले आवश्यक औषधि सामान्य उपचार सेवा लिएका थिए ।
जसमध्ये आखामा समस्या अर्थात माेतिबिन्दु भएका १ सय ५० जनाकाे मेल्लेख स्वास्थ्य चाैकीमा नै विशेषज्ञ डाक्टरहरुकाे टाेलिद्वारा शल्यक्रिया गरेकाे डाक्टर अर्जुन श्रेष्ठले बताए ।
यस्तै १सय १७ जनालाई चस्मा वितरण र अन्यलाई आवश्यक औषधि समेत वितरण गरिएको छ। शिविरबारे बोल्दै मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले गाउँपालिकाले शिविरहरू मार्फत पालिकाका नागरिकलाई गाउँ घरमै नि:शुल्क स्वास्थ्य उपचार तथा चेक जाँच र आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको अवगत गराउदै मेल्लेखका नागरिकलाई उपचारको लागि टाढा जानुपर्ने बाध्यता लाई हटाएको बताएका छन ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले धेरै जसो बासिन्दा आर्थिक र भौगोलिक कारणले आँखाको उपचारका लागि बाहिर जान नसक्ने अवस्था रहेकोले जनताको समस्या बुझेर गाउँमै विशेषज्ञ टोली ल्याएर सेवा उपलब्ध गराएकाे बताए।
मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले शिविरमा खटिएका स्वास्थ्यकर्मीहरूको कार्यप्रति सन्तोष व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए
शिविरमा मेल्लेख–१ का नरबहादुर धामीले गाउँमै उपचार सेवा पाउँदा निकै राहत मिलेको बताए।उनले भने “पहिले आँखाको अप्रेसन गर्न धनगढी नेपालगन्जसम्म जानुपर्थ्याे, अहिले त गाउँमै सेवा पाइयो गुमेको आखाकाे ज्वाेती पु:न फर्केको भन्दै खुसि व्यक्त गर्नु भएको छ ।शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे ।










