Advertisement
SKIP THIS
सुदूरपश्चिममा पारित भयो स्थानीय सेवाको गठन सञ्चालन ऐन

धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले संसदमा विधायन तथा प्रदेश मामिला समितिबाट संशोधनसहित आएको विधेयकलाई प्रस्तुत गरेका थिए ।

विधेयकमा स्थानीय तह कर्मचारी सेवाको संरचना, नियुक्ति, सरुवा, सेवा सुविधा, अनुशासन र तालिम जस्ता व्यवस्था राखिएको छ ।

विधेयक पारितको प्रक्रियामा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सदन बहिष्कार गरेका छन्।

तपाईको प्रतिक्रिया