Advertisement
SKIP THIS
अछाममा प्रधानमन्त्री सँग जोडिएको कार्यालयको बेहाल, ३ महिना देखि छैन हाकिम

तारामान खड्का अछाम ःप्रधानमन्त्री सँग जोडिएर स्थापना भएको प्रधानमन्त्री कृर्षी आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई मंगलसेनमा ३ महिना देखि कार्यालय प्रमुख नहुदाँ आर्थीक गतिबिधी ठप्प भएको छ ।अछाम बाजुरा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा कार्यालय प्रमुख नहुदाँ काम गरेका हरुको भुक्तानी हुन सकेको छैन ।बिषेश गरी टाढाका सेवाग्राहीरुले सास्ती बेहोर्नु परेको छ । पौष महिनामा काम गर्ने भनेर किसानहरुले सम्झौता गरेर काम सम्पन्न भईसक्दा समेत भुक्तानी पाउन नसकेका भुक्तानीका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनु पर्ने अवस्था रहेको कर्मचारीहरु बताउछन ।

फाल्गुन अन्तीम साता ३ महिनाका लागी काजमा आएका कार्यालय प्रमुख सिताराम ओली गएपछि कृर्षी मत्रालयले हालसम्म कार्यलय प्रमुख पठाएको छैन,पटक पटक कार्यालय प्रमुख पठाउन पत्र पठाएपनि कुनै सुनुवाई नभएको एक कर्मचारीले बताए । कार्यालय प्रमुख नहुदाँ अनुदानका काम अनुदान, बाख्रा खोर सुधार,फलफुल, सिचाई, प्रबिधी हस्तान्तरण लगायतका कामहरु ठप्प रहेका छन । यस्तै कार्यालय प्रमुखले गनुपर्ने नितीगत निर्णहरु समेत नहुदाँ थप कामहरु अगाडी बढ्न नसकेका पुर्ण प्रशाद ढुंगानाले बताए ।

प्रबिधी हस्तान्तरण मार्फत हाते ट्याकटरका लागि निबेदन दिएकाहरुले खेतिपातीको समय सुरु भईसक्दा समेत ट्याकटर पाउन सकेका छैन । बिगतमा यो समयमा अधिकांस काम भईसक्ने गरेका तर यस बर्ष यस्तै अवस्था रहेका किसानको पैसा फिर्ता हुने अवस्था रहेको छ । कृर्षी मन्त्रालयले प्रधानमन्त्री कृर्षी आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई डोल्पाबाट काजमा बिनाराज बुढाथोगीलाई पठाएकाले आईतबार सम्म पुगीसक्ने प्रधानमन्त्री कृर्षी आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाई मंगलसेनका सूचना अधिकारी पुर्ण प्रशाद ढुंगानाले बताए ।

तपाईको प्रतिक्रिया