Advertisement
SKIP THIS
अछाम पुगेर भिम रावललाई “प्रचण्ड”ले भने इमानदार कम्युनिस्ट एक हौं

अछाम :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन्।‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जागरण अभियान’अन्तर्गत अछामको साँफेबगर पुगेका प्रचण्डले नेता रावलसँग टेलिफोन संवाद भएको खुलासा गरेका हुन्।

“यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,” प्रचण्डले जनसमूहलाई सम्बोधन गर्दै भने, “मैले हिजोमात्र उहाँसँग फोनमा कुराकानी गरेको थिएँ। उहाँले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो। मैले पनि उहाँलाई भनेको छुहामी बसेर गम्भीर कुरा गर्नुपर्ने बेला हो, तपाईं अहिले कोसँग संवाद गरिरहनुभएको छ?”

अछाम, डा. रावलको गृहजिल्ला हो। त्यसैले पनि प्रचण्डको टिप्पणी राजनीतिक अर्थमा निकै सन्देशमूलक देखिएको छ।

प्रचण्डले राष्ट्रप्रेमी र इमानदार कम्युनिष्ट शक्तिहरूलाई एक ठाउँमा आउन आग्रह गर्दै भने, “भीमजीसहित सबै इमानदार कम्युनिष्टहरू अब एक ठाउँमा जुट्नुपर्छ। भौतारिरहँदा केही फाइदा छैन। म संवादमार्फत पनि यो अपिल गर्न चाहन्छु।”

उनको यो अभिव्यक्ति मुलुकको बाम राजनीति फेरि एकपटक एकताबद्ध हुन सक्ने संकेतको रूपमा पनि हेरिएको छ।

तपाईको प्रतिक्रिया