अछाम:नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अछाम आउने भएका छन।
माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानका लागि प्रचण्ड सहितका माओवादी नेताहरू अछाम आउने भएका हुन।माओवादी केन्द्रको दोस्रो चरणको अभियान सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाबाट जेठ २ गते बैतडीको पाटनमा उद्घाटन जनसभा पाचथर गएर समापन हुने छ।
जेठको ३ गते बिहान चौरपाटीको चौखुट्टे बजारको प्रवेस द्वारमा माओवादी केन्द्र अछाम द्वारा स्वागत गरिने अछाम इन्चार्ज शरद सिह भण्डारीले बताए ।
सोहि दिन अछामको साँफेबगरमा दिउँसो बृहत जनसभा, बेलुका मंगलसेनमा जनसंवाद, राती पञ्चदेवल बिनायक नगरपालिकाको बिनायकमा बसोवासको कार्यक्रम तय भएको माओवादी केन्द्र अछामले जनाएको छ ।










