Advertisement
SKIP THIS
इन्द्रसरा आयल स्टोरले रक्त दातालाई अस्पताल पुर्याउन मासिक २० लिटर पेट्रोल दिने

अछाम:अछामको साँफेबगरमा रहेको इन्द्रसरा आयल स्टोरले लाईफ लाईन अछामलाई मासिक २० लिटर पेट्रोल दिने भएको छ।

आकस्मिक अवस्थाका बिरामीहरुका लागि अस्पताल सम्म रक्तदाता पुर्याउनका लागि मासिक रुपमा २० लिटर पेट्रोल इन्द्रसरा आयल स्टोरका सञ्चालन भीम बहादुर कुँवर दिने लाईफ लाईन अछामले जनाएको छ।

उप्त पेट्रोल आवश्यकता अनुसार रक्तदाता अस्पताल सम्म ल्याउन वा पुर्‍याउन सहयोग गर्ने व्यक्तिहरूलाई आवश्यकतानुसार १ देखि २ लिटर पेट्रोल उपलब्ध गराइने लाईफ लाईन अछामले जनाएको छ। लाईफलाईन अछाम अछाम जिल्लामा नि शुल्क रुपमा बिरामीहरुलाई रगत उपलब्ध गराउदै आएको छ।

तपाईको प्रतिक्रिया