अछाम:स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।आन्दोलनको कार्यक्रम अनुसार अछामको साँफेबगर नगरपालिकाका कर्मचारीले नगरकार्यपालिकाको कार्यालय अन्तरगत रहेका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, आर्थिक प्रशासन शाखा, प्राविधिक शाखा, योजना तथा अनुगमन शाखा, शिक्षा, युवा तथा खेलकुद शाखा, कर्मचारी प्रशासन शाखा तथा सम्पूर्ण वडा कार्यालय र अन्य महत्त्वपूर्ण शाखाहरूमा स्थानीय तह कर्मचारी संघर्ष समितिले सेवा अबरुद्ध गरेका छन ।
सुदुरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा स्थानीय सेवा ऐन,नियम निर्माण भई कर्मचारी प्रशासन निक्कै अगाडी बढिसकेको तर सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि ऐन निर्माण नभएको कारणले स्थानीय सेवाका कर्मचारीहरुमा वृतिविकासमा समस्या भएको भन्दै आन्दोलित भएका हुन।
२८ गतेदेखि गरेको नगरपालिका र मातहतका कार्यालयबाट प्रदान गरिने सेवाहरू प्रभावित भएकाले सहज नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू प्रदान गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरेका छन।










