अछाम:लोकतान्त्रीक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट सर्वसम्मत चयन भएका छन।बुधबार साँफेबगरमा भएको प्रथम जिल्ला अधिवेशनले भाटको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रीक निर्माण व्यवसायी संघको उपाध्यक्षमा हेमराज ढुंगाना, टेक बहादुर पार्की, महासचिवमा बिस्णु स्वाँर, उपमहासचिवमा पिकासो कुँवर, पुष्प अधिकारी, कोषाध्यक्ष राज्य कुमारी कुँवर खड्का, सहकोषाध्यक्ष खगेन्द्र साउँद, सदस्यहरु रमेश थापा, अशोक कुँवर लगायतका २१ सदस्य कार्यसमिति चयन भएको छ।
थप पाँच जना सदस्य र ११ जना सल्लाहकार अध्यक्षबाट मनोनित गरिने छ।










