Advertisement
SKIP THIS
लाइफ लाइन अछामले गर्यो निशुल्क स्वास्थ्य शिविर

अछाम:लाइफ लाइन अछामले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।मंगलबार जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्धेश्वर स्वास्थ्य चौकीमा १ सय ७० जनाले प्रत्यक्ष सेवा लिएका लाईफ लाईन अछामले जनाएको छ। अछाम जिल्ला अस्पतालका डाक्टर कृष्ण बहादुर सोडारी र बयालपाटा अस्पतालका डाक्टर बिशाल खडका र महेन्द्र कुँवरले बिरामीहरुको चेकजाँच गरेका थिए ।

शिविरमा सामान्य स्वास्थ्य जाँच, दीर्घ रोगको उपचार तथा परामर्श, उच्च रक्तचाप र मधुमेह को स्क्रीनिङ, निशुल्क औषधि बितरण गरिएको थियोे । साथै शिविर सम्म पुग्ने अवस्था नभएका हरुलाई निशुल्क यातायातको समेत बेवस्था गरि शिविर सम्म ल्याईएको थियोे ।

शिविरका लागि बेलायत बस्ने बिक्रम कुँवर र जयसिंह आउजी (गौरव जेवेलर्स पुने)ले औंषधिको सहयोग गरेका लाईफ लाईन अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया