अछाम:अछामको चौरपाटी गाउँपालिका वडा नं.४ पायलका वडा सदस्य दिपेन्द्र वहादुर बोहरा सम्पर्क विहिन भएका छन । उपचारको लागि भारत गएका बोहरा वैशाख १६ गते(अप्रील २९ तारिक) देखि सम्पर्क विहिन भएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
भारतको शहर नवि मुम्बई, कोपर खन्ना स्टेशन, सेक्टर नं. १९ मा आफन्तको घरमा बसी उपचार गराई रहेको अवस्थामा घुम्न जाने भनेर निस्केका बोहरा चार दिनदेखि सम्पर्क विहिन हुनुभएको छ ।गाउँपालिका अध्यक्ष साउदले खोजी कार्य र उद्वारका लागि सम्पूर्ण आफन्तजन, संचारकर्मी, सामाजिक संघ संस्था तथा सरोकारवालालाई आग्रह गरेका छन ।
कसैले भेटेमा गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदको सम्पर्क नम्बर +९७७ ९८४८७०१२१८ र निजका आफन्त (भतिज) खेमराज बोहरा +९१ ९०८२५४२७३३ सम्पर्कको लागि अनुरोध गरिएको छ ।











