अछाम:अछामको साँफे हाटबजारमा आगलागी भएको छ। शनिबार बिहान ३:३० बजेतिर साँफेबगर नगरपालिका ३ हाटबजारमा आगलागी भएको हो। आगो पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको घटना स्थलमा रहेका पत्रकार तपेन्द्र कुँवरले बताए । मंगलसेन नगरपालिका अछामको दमकल मर्मतका लागि धनगढी गएको छिमेकी जिल्ला डोटिबाट दमकल मगाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सुवेच्छा होटलवाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल पूर्ण रुपमाा जलेर नष्ट हुँदा लाखौको क्षति भएको छ ।
तीव्र बेगका कारण क्षणभरमै सुवेच्छा होटलवाट आगो सल्किदै अन्य पसलमा आगो पुगेको थियो ।
आगलागीका कारण मानविय क्षति नभएको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन ।










