अछाम:अछामको चौरपाटी गाउँपालिकाले बान्नीगढी जयगढ बजारका अग्नि पिडितलाई १ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको कार्यपालिकाको बैठकले जयगढका अग्नी पिडितलाई राहत स्वरूप उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए । गत साल चैत साल २६ गते साझ बजारको एक पसल बाट आगो सल्केर बजार क्षेत्रमा ठूलो आगलागी भएको थियोे ।